Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक हप्ताभित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न वामदेव गौतमको माग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३० २०७९
  • 2.5K
    SHARES

काठमाडौं । राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गरेका छन् ।

सांसद गौतमले राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो पनि तत्काल लगाउन अध्यक्ष तिमिल्सिनाको पुनः ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उनले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए ।

सांसद गौतमले भने, ‘मैले केही दिन अगाडि पनि भनेको छु–चार वटा जम्मा समितिहरु छन राष्ट्रिसभामा । ३ वटा समितिमा सभापति छैनन् । त्यसो भएर यो समयलाई मैले सदुपयोग गर्दै फेरि आग्रह गर्न चाहन्छु–सम्माननीय अध्यक्ष महोदय, अध्यक्ष महादयले पहलकदमी लिएर पनि हुँदैन भने राष्ट्रियसभाको अवस्था कस्तो छ भनेर हामीले बुझ्नु पर्दछ । राष्ट्रियसभाका सदस्यहरु कहाँ आन्दोलन गर्न जानपर्ने हो ? जानुपर्छ । तर, साँच्चिकै ध्यान अध्यक्षको पुगेको छैन भने भन्न पर्ने अवस्था आयो । उहाँले ध्यान दिनुपर्‍यो । मेरो सुझाव छ–एक हप्ता भित्र राष्ट्रियसभाको उपाध्यक्षको पनि निर्वाचन होस् । र, हाम्रा ३ वटा खाली भएका समितिका सभापतिहरुको पनि टुंगो लगाइयोस् ।’सांसद गौतमले ज्येष्ठ सदस्यको हैसियतमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४