Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेरि अन्योलमा बाबुरामको राजनीति !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २९ २०७९
  • 2.2K
    SHARES

काठमाडौँ । नेपाली राजनीतिमा डा. बाबुराम भट्टराईलाई बौद्धिक र शिक्षित नेताको रूपमा लिइन्छ । तर, उनको राजनीतिक जीवन भने स्थिर हुन सकेन । परिणाममा उनी पटक पटक-अन्योलमा पर्दै आएका छन् ।

तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा होमिएर नेपाली राजनीतिमा उदाएर प्रधानमन्त्री समेत भइसकेका डा.बाबुराम भट्टराई माउ पार्टी माओवादी केन्द्र छाडेर हिँडेपछि एक पछि अर्को गर्दै अन्योलमा पर्दै आएका छन् । नयाँ शक्ति बनाएर माओवादी छाडेका उनी विभिन्न पार्टीसँग एकता गर्दै अगाडि बढ्दै फेरि नयाँ शक्ति ब्युँताउनेमा पुगेका छन् ।

डा. भट्टराईले संविधान जारी भए लगत्तै माओवादी छाडे । ३० जेठ ०७३ मा काठमाडौँको रङ्गशालाबाट नयाँ शक्ति पार्टीको घोषणा गरे । तर, २०७४ को स्थानीय र सङ्घीय चुनावमा नयाँ शक्तिले सोचे अनुसार परिणाम ल्याउन सकेन । त्यसपछि २३ वैशाख २०७६ मा उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी फोरमसँग एकता गरे । समाजवादी पार्टी, नेपाल बनाए । केही समय पछि महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीसँग समेत एकीकरण भएर जनता समाजवादी पार्टी बनाए ।

सशस्त्र युद्धमार्फत नेपाली राजनीतिमा उदाएर प्रधानमन्त्री समेत भइसकेका डा.बाबुराम भट्टराई माउ पार्टी माओवादी केन्द्र छाडेर हिँडेपछि एक पछि अर्को गर्दै अन्योलमा पर्दै आएका छन् । नयाँ शक्ति बनाएर माओवादी छाडेका उनी विभिन्न पार्टीसँग एकता गर्दै अगाडि बढ्दै फेरि नयाँ शक्ति ब्युँताउन पुगेका छन् ।

तर, फेरि जसपामा विग्रह शुरु भयो । महन्थ ठाकुरले नयाँ पार्टी बनाए । उपेन्द्र यादवले पनि एकलौटी निर्णय गर्न थालेको भनेर डा. भट्टराईले मंगलबारदेखि काठमाडौँमा आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक सुरु गरेका छन् । यता, पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षको पनि मंगलबार नै केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा बसेको छ । बुधबार उक्त समूहको केन्द्रीय समितिको विस्तारित बैठक बस्दैछ ।

एकै दिन, एउटै पार्टीका समानान्तर बैठक बसेपछि अब जनता समाजवादी पार्टी एक छैन भन्ने सन्देश गएको छ । यो बेला फेरि डा. भट्टराई नै अन्योलमा परेका छन् । पार्टी विभाजनको कुनै मनसाय नरहेको बताएका भट्टराईले राजनीतिक दस्ताबेजमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने वा विचार मिल्नेसँग एकीकरण वा ध्रुवीकरण गर्ने विकल्प अघि सारेका छन् ।

सबैको सुझाव लिएपछि आगामी कदम तय गर्ने भन्दै उनले भने, ‘यहाँ हामीले यो, त्यो केही पनि नभनी सबै साथीहरूलाई बोलाएर तपाईँहरूको राय, सल्लाह लिएर यसको समाधान कसरी गर्ने भन्ने हाम्रो मक्सद हो ।’ तर बैठकमा उपस्थित अधिकांश नेताहरू उनी जस्तै अलमलमा देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४