Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी गायक आर केलीलाई ३० वर्ष जेल सजाय


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १८ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । अमेरिकी गायक आर केलीलाई यौन शोषणको आरोपमा अदालतले ३० वर्ष जेल सजाय सुनाइएको छ ।

उनको पूरा नाम रोबर्ट सिल्भेस्टर केली हो ।

५५ वर्षीय केलीले महिला र बालबालिकालाई झन्डै दुई दशकसम्म यौन शोषण गरेका कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

गत वर्षको सेप्टेम्बरमा केलीलाई न्यूयोर्कको एक अदालतले आठ महिलाको तस्करीमा दोषी ठहर गरेको थियो । त्यसयता उनको सजायको बहस चलिरहेको थियो ।

भारतीय सञ्चार माध्यम पिंकभिलाका अनुसार यौन दुर्व्यवहारसहित नौ वटा मुद्दामा दोषी ठहरिएपछि उनलाई ३० वर्ष जेल सजाय सुनाइएको हो । उनले पीडितहरूलाई होटलको कोठा र उनको रेकर्डिङ स्टुडियोमा थुनेर राखेर बारम्बार यौन शोषण खुलासा भएको छ ।

उनीविरुद्ध ४५ जनाले बयान दिएका थिए । केली सन् २०१९ को जुलाईदेखि हिरासतमा थिए । सन् २०२० मा उनलाई अर्का कैदीले कुटपिट गरेपछि चर्चामा आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४