Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारबाट हट्ने बेला सुशील काेइरालाले एसपीपीमा जाने निर्णय गरेकाे ओलीको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३ २०७९
  • 3.3K
    SHARES

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका विषयमा २०७२ सालमा नै रक्षा मन्त्रीको हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पत्र लेखेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रम समापन गर्दै अध्यक्ष ओलीले २०७२ साल असोज ६ गते संविधान जारी भएको ३ दिनपछि, आफू सरकारबाट हट्ने तय भइसकेपछि तत्कालीन प्रधानमन्त्री कोइरालाले एसपीपीमा पक्ष हुन पाओस् भनेर अमेरिकालाई आग्रह गर्ने निर्णय गरेको बताएका हुन् ।

ओलीले आफू प्रधानमन्त्री भएको १५ दिनपछि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतावासलाई पत्र लेखेको र आफूलाई जानकारी नदिइएको उल्लेख गरे । सामान्यतया: दूतावासलाई प्रधानसेनापतिले त्यसरी पत्र लेख्ने प्रचलन नरहेको र यो रक्षा वा परराष्ट्र मन्त्रालयको काम भएको उनले बताए ।

त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला फेरि पत्र लेखिएको उनले दाबी गरे । ओलीले आफ्नो सरकारका बेला सैन्य गठबन्धनमा सामेल नहुने भन्दै च्याप्टर क्लोज भएको जिकिर गरे । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले सेनाको क्याम्प बनाउने गरी बनाएको ड्राफ्टका बारेमा छलफल हुनुपर्ने उनले बताए ।

त्यस्तै ओलीले जनप्रभावकै हिसाबले पनि एमाले देशको पहिलो पार्टी रहेको बताए । एमाले असफल नभएपनि धेरै सफल नभएको उनले बताए । उनले एमाले अहिले पनि पहिलो शक्ति भएको भन्दै स्थानीय तहमा १२० सिट जितेको माओवादी केन्द्रले २०५ सिट जितेको एमालेलाई हरायौँ भन्नु हास्यास्पद रहेको तर्क गरे ।

उनले देश र जनताको हितको काम एमालेले कहिल्यै नछाड्ने स्पष्ट पारे । ओलीले कुनै पनि प्रतिक्रियावादी शक्तिले एमालेलाई ध्वस्त गर्न नसक्ने जिकिर गरे । प्रशिक्षणका क्रममा ओलीले पार्टीभित्र बसेर पार्टीलाई नै गिराउन खोज्ने व्यक्ति एमालेको कार्यकर्ता हुन नसक्ने बताए । समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य प्राप्तिका लागि एमाले सशक्त भएर अघि बढ्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४