Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुधारियो रेमिट्यान्स, १० महिनामा भित्रियो ८ खर्ब १२ अर्ब


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २८ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । वैशाख महिनामा रेमिट्यान्स आप्रवाहमा थप सुधार भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लगातारजसो रेमिट्यान्स आउने क्रममा गिरावट देखिएको थियो ।
गत फागुन महिनादेखि केही सुधार हुन थालेको रेमिट्यान्स आप्रवाहको वृद्धिदर वैशाख महिनामा आएर  धनात्मक विन्दुमा पुगेको छ ।

२०७८ साउनदेखि २०७९ वैशाखसम्मको विप्रेषण आप्रवाह ०.२ प्रतिशतले बढेर ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा हेर्दा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कम भएर ६ अर्ब ७६ करोड डलरमा छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

साउनदेखि वैशाखको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या पनि बढेको छ । यो अवधिमा लाख ७८ हजार २९८ जनाले विदेश जान नयाँ श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेसिने नेपालीको संख्या ५४.० प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४