Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज नेपाल र ओमान भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २६ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा आज बिहीबार नेपालले ओमानको सामना गर्नेछ ।

यो खेल अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनको पियरल्याण्ड शहरमा नेपाली समय अनुसार बेलुकी सवा ९ बजे सुरु हुनेछ ।

एक दिवसिय ढाँचाको यो खेल जित्दै त्रिकोणात्मक श्रृंखलामा सुखद सुरुवात गर्ने नेपालको लक्ष्य रहेको छ ।

लिग टु अन्तर्गत अघिल्लो वर्ष सेप्टेम्बरमा नेपालले ओमनलाई ओमनको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिको तीन भेटमा भने ओमान लगातार विजयी भएको थियो ।

जारी श्रृंखलामा नेपाल र ओमनसँगै अमेरिका पनि रहेको छ । श्रृंखलाको पहिलो खेलमा बुधबार अमेरिकाले ओमानलाई १ सय १४ रनको फराकिलो अन्तरमा हराएको छ । सात राष्ट्र सम्मिलित लिग टु मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका २१ खेलबाट २० अंक बटुल्दै पाँचौ स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

अमेरिकामा जारी यो श्रृंखलामा तीन टोलीले एक आपसमा दुई दुईवटा खेल खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४