Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा ‘विश्वजितम’ नामबाट ‘प्रेमगीत ३’ प्रदर्शन हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २२ २०७९
  • 1.9K
    SHARES

काठमाडौं । अभिनेता प्रदिप खड्कद्वारा अभिनित फिल्म ‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भएको छ ।

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्मलाई हिन्दी संस्करणले ‘विश्वजितम’ नाममा भारतीय निर्माता संघमा दर्ता भएको निर्देशक सेनले जानकारी दिएका छन् ।

पहिलो पटक भारतमा हिन्दी भाषामा प्रदर्शन हुन लागेको यो पहिलो फिल्म हो । नेपालमा आशुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मलाई भारतमा अजय कपुर प्रोडक्सन र युएफओ वितरकले वितरण गर्दैछन् ।

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ ।

ठूलो लगानीमा निर्माण गरिएको यस फिल्मलाई असोज ७ गतेदेखि नेपाल र भारतमा एकैसाथ प्रर्दशन हुने भएको छ । ‘प्रेमगीत ३’ ‘प्रेम गीत’ को तेस्रो श्रृङ्खला हो । ‘प्रेम गीत’ र ‘प्रेमगीत २’ बक्स अफिसमा सफल भएका फिल्महरू हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४