वि.सं.२०७९ साल जेठ १९ गते । बिहीबार । ईश्वी सन् २०२२ जुन ०२ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि–तृतीया, बेलुकी ०९ बजेर ४४ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–आद्र्रा, दिउसो ०२ बजेर २० मिनेट उप्रान्त पुनर्वशु । योग–गंड, रातको १ बजेर १६ मिनेट उप्रान्त वृद्धि । करण– तैतिल, बिहान ०८ बजेर ४४ मिनेट उप्रान्त गर, बेलुकी ९ बजेर ४४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३४ घडी १९ पला ।
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। विभिन्न उपहार प्राप्त पाइएला। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप बढे पनि प्रशस्त धन आर्जन हुने समय छ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँटले काम लिँदा फाइदा हुनेछ। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पनि पाइनेछ। तापनि, ढिलासुस्ती गर्ने बानीले केही अवसर फुत्कने सम्भावना देखिन्छ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमा होस नपुग्नाले खर्च मात्र हुनेछ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनग्य आम्दानी भए पनि सोखले खर्च बढाउन सक्छ। मेहनत परे पनि श्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। चिताएको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यति मन नजाला। अरूको भरण–पोषणमा खर्चनुपर्ला। मेहनत गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा पनि खर्च बढ्नेछ। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। अर्थ अभावले योजना स्थगित हुन सक्छ। व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। अध्ययनमा समय दिन नसकिएला। लेनदेनको विवादले हानि पुर्याउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। फाइदाका लागि योजना गोप्य राख्नुहोला।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आनन्दको क्षणमा अचानक अप्ठ्यारो परिस्थिति देखापर्न सक्छ। आफन्तको व्यवहारले मन खिन्न हुनेछ। सोखले खर्च बढाउन सक्छ। पतिपत्नीमा असमझदारी बढ्ने समय भएकाले संयमपूर्वक व्यवहार गर्नुहोला। धैर्य गर्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ। मेहनत गर्दा समस्याकै बीच विशेष काम सम्पादन हुन सक्छ। शुभचिन्तकहरूले साथ दिनेछन्।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा सामान्य फाइदा हुनेछ। काममा अवरोध आउन सक्छ। सन्तान वा शुभचिन्तकहरूको सल्लाह, सहयोगले फाइदा हुनेछ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। परिवारजन तथाआफन्तबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ
नेपाली पात्रोबाट