Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

९ पालिकाको मत परिणाम घोषणा हुन बाँकी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ११ २०७९
  • 11.4K
    SHARES

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७४४ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

अब ९ वटा पालिकाको मात्रै मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाडौं महानगरपालिका, उदयपुरको त्रियुगा र कटारी नगरपालिका, रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेका छन् ।

यस्तै, बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सुरू भएको छैन । बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।

सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसले ३२४ पालिका जितेको छ भने नेकपा एमाले २०३ पालिकामा खुम्चिएको छ । यस्तै, नेकपा माओवादी केन्द्रले १२१, जनता समाजवादी पार्टी नेपालले ३०, नेकपा एकीकृत समाजवादीले २० तथा लोकतान्त्रिक समाजवादी पार्टीेले १६ ठाउँको प्रमख जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४–४ ठाउँमा जितेका छन् । सिके राउतको जनमत पार्टीले दुई पालिका प्रमुख जित्दा नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशिल पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र विवेकशिल साझा पार्टीले एक एक वटा स्थानीय तह जितेका छन् ।

धरान, धनगढी, जनकपुर लगायतका १२ वटा स्थानिय तहमा भने स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । अहिले मतगणना जारी रहेका ८ पालिका मध्ये कांग्रेस ५, एमाले २ तथा स्वतन्त्र उम्मेदवार एक ठाउँमा अगाडि छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४