Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विगतका अधुरा काम पूरा गर्ने नवनिर्वाचित मेयर रेणुको प्रतिबद्धता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १० २०७९
  • 5.9K
    SHARES

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएकी रेणु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताउनुभएको छ ।

आज (मंगलबार) भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले भरतपुरलाई नमुना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने प्रतिबद्धता समेत जनाउनुभएकाे छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने नवनिर्वाचित मेयर दाहालको भनाइ छ ।

आफूले विगतमा गरेको कामको अनुमोदन भरतपुर महानगरवासीले गरिदिएको भन्दै उहाँले योगदानमा कमी आउन नदिई निराश नबनाउने बताउनुभयो । गठबन्धन भित्रै चुनौती भएतापनि भरतपुरमा गठबन्धनमा रहेका दलहरू इमान्दार देखिएको उहाँको तर्क छ। उहाँले पाँच दलीय गठबन्धन लामो समयसम्म टिक्ने पनि बताउनुभयो ।

साथै भरतपुरमा नेपाली कांग्रेसबाट उपमेयरमा विजयी हुनुभएका चित्रसेन अधिकारीले निर्वाचन जित्न चुनौतीको विषय स्वभाविक भएको बताउनुभयो। भरतपुर महानगरको चौतर्फी विकासको लागि साेही नगरपालिकाकाे उपमेयरकाे रुपमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४