Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल पर्यटन बोर्डले गर्‍यो क्यानडाका पर्यटन दुत टण्डनलाई सम्मानित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १० २०७९
  • 5.9K
    SHARES

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल पर्यटन बोर्ड क्यानडाका पर्यटन दुत नर बहादुर टण्डनलाई सम्मान गरेको छ ।

पर्यटन बोर्डले विदेशमा आफनै स्रोत र साधनको प्रयोग गरेर नेपालका पर्यटन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै टण्डनलाई सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपालमा पर्यटकको आगमन बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी कोभिड अघिको अवस्थामा लगभग ६० प्रतिशत पुगिसकेका छौं, यदि फेरी कोभिडको महामारी भएन भने चाँडै पहिलेकै अवस्थामा पर्यटकहरु आउने छौं ।’

सम्मानित टण्डनले हामीजस्ता विदेशमा बस्ने नेपाली मुलका नागरिकहरुलाई राज्यले जति प्रयोग गनुपर्ने हो त्यति गर्न नसकेको गुनासो पोख्नु भयो । उहाँले भन्नुभयो, ‘यदि राज्यले अलिकति मात्र हामी जस्तासँग हातेमालो गर्‍यो भने पर्यटनको माध्यमबाट नै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने छ ।’

कार्यक्रममा नेपालका पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य मदन कुमार आचार्य र मिलन देवकोटलाई स्वागत तथा नवनिर्वाचित नाटा र भिटाफका कार्यसमितिका सदस्यहरुलाई पर्यटन बोर्डले स्वागत गरेको थियो ।

दाडमा जन्मेर क्यानडामा विगत १८ बर्षदेखि नेपालको पर्यटन प्रवर्द्धन गर्दै आएका टण्डनले अहिले आफ्नै सवारी साधनमा नेपाल झल्कने तस्विरहरु राखि क्यानडा तथा अमेरिकाका विभिन्न शहरमा प्रचार प्रसार गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४