Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ बाट बाहिरिए उनका ज्वाँई आयुष शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ८ २०७९
  • 7.1K
    SHARES

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ को सुटिङ भइरहेको अवस्थामा उनका ज्वाँई भने उक्त फिल्मबाट बाहिरिएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सलमानका बहिनी ज्वाँर्ई आयुष शर्मा फिल्मबाट बाहिरिएका हुन् ।फिल्मको निर्माता पक्षसँग मतभेदका कारण आयुष फिल्मबाट बाहिरिएका हुन् । आयुषसँगै अर्का नायक जहिर इकबाल पनि फिल्मबाट बाहिरिने भएका छन् ।

सलमान र आयुष यस अघिको फिल्म ‘अन्तिम द फाइनल ट्रुथ’ मा एकैसाथ देखिएका थिए । सलमान र आयुष ‘कभी ईद कभी दिवाली’ मा दोस्रो पटक एकैसाथ काम गर्न लागेका थिए । तर, फिल्मको टिमसँग रचनात्मक मतभेदका कारण आयुष फिल्मबाट बाहिरिए । आयुषले फिल्मको एक दिनको सुटिङ पनि पूरा गरेका थिए ।

रिपोर्टका अनुसार अब फिल्म निर्माताहरुले जहिर इकवालको ठाँउमा अभिमन्यु दासानीलाई र आयुष शर्माको ठाँउमा जावेद जाफरीका छोरा मिजन जाफरीलाई प्रस्ताव गरेका छन् । तथापि जहिरले यस फिल्ममा आफ्नो रोल र दोब्बर भुक्तानीलाई कुरा उठाएका थिएनन् । तर पनि उनको स्थानमा मिजन आउन लागेका हुन् ।

यो फिल्ममा सलमान खान, पूजा हेगडे, राघव जुयाल र तेलगु कलाकार दग्गुबाती मुख्य भूमिकामा रहेका छन् । फरहाद साजमीको निर्देशनमा बन्न लागेको यस फिल्मलाई आगामी ३१ डिसेम्बरमा रिजिज गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४