Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्ट्रेलियाको आम निर्वाचनमा विपक्षी लेबर पार्टी विजयी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ८ २०७९
  • 4.5K
    SHARES

काठमाडौं । अष्ट्रेलियामा हालै सम्पन्न आम निर्वाचनमा बिपक्षी दल लेबरले जित हासिल गरेको छ । लेबर पार्टीको यो जितसँगै एन्थोनी अल्बानिज नयाँ प्रधानमन्त्री बन्नु हुनेछ । चुनाबी परिणाम अनुसार लेबरले ९ वर्षपछि पुनः सरकार बनाउने अवसर पाएको छ ।

शनिबार सम्पन्न चुनावमा करिब १ करोड ७० लाख जनताले मतदान गरेका थिए । जसमध्ये ४ लाख ५० हजार नयाँ मतदाता समावेश भएका थिए । जसमा लेबर पार्टीले ७२ सिटमा जित हासिल गरेको छ ।

अष्ट्रेलियामा सरकार गठनका लागि कुनै पनि दललाई तल्लो सदनमा ७६ सिट र माथिल्लो सदनमा ४० सिट आवश्यक पर्छ । निर्वाचनले ३ वर्षका लागि नेतृत्व छनोट गरेको हो । अष्ट्रेलियाको ६ राज्य तथा २ टेरीटोरीबाट तल्लो सदनका लागि १ सय ५१ निर्वाचन क्षेत्र र माथिल्लो सदन सिनेटका लागि ७६ सिटमा मतदान भएको थियो ।

वर्तमान प्रधानमन्त्री स्कट मरिसनले हार स्वीकार्दै नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएका अल्बानिजलाई बधाई दिनुभएको छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि आफ्ना समर्थकहरू माझ सम्बोधन गर्दै मरिसनले पदबाट राजीनामा समेत घोषणा गर्नुभएको छ ।

आफ्नो पार्टीले जित हासिल गरेपछि अल्बानिजले अष्ट्रेलियालाई एकताको सुत्रमा बाँध्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै उहाँँले भ्रष्टाचारबिरुद्ध राष्ट्रिय आयोग गठन गर्ने र महिला तथा जनजातिको अधिकार सुनिश्चित गर्ने बचन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४