Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इंग्लिस प्रिमियर लिग फुटबल आज सकिंदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ८ २०७९
  • 10.6K
    SHARES

काठमाडौं । यस सिजनको इंग्लिस प्रिमियर लिग फुटबल आज सकिंदैछ ।

आइतबार बेलुकी प्रिमियर लिगका अन्तिम चरणका सबै १० खेल एकै समयमा हुनेछन् ।

सिजनमा एक खेल बाँकी छँदा शिर्ष स्थानको म्यान्चेस्टर सिटीलाई दोस्रो स्थानको लिभरपुलले एक अंकले पछ्याईरहेको छ ।

३७ खेलबाट सिटीको ९० अंक छ भने लिरभपुलको ८९ अंक छ ।

सिटीले आइतबार एस्टन भिल्लाको सामना गर्दा लिभरपुलको भिडन्त वुल्भरह्याम्पटन वान्डरर्ससँग हुनेछ ।

आजको खेल जितेको खण्डमा म्यान्चेस्टर सिटीले उपाधि जित्नेछ । तर, सिटी बराबरीमा रोकिएको वा पराजित भएको अवस्थामा भने लिभरपुलले आफ्नो खेल जित्दै उपाधि हत्याउन सक्नेछ ।

उता, लिड्स युनाइटेड र बर्न्लेबिच रेलिगेशनको संघर्ष छ । लिगमा वाट्फोर्ड र नरिच सिटी रेलिशनमा परिसककेका छन् । अन्तिम खेलपूर्व बर्न्ले र लिड्स युनाइटेडको समान ३५ अंक छ । गोल अन्तरको आधारमा बर्न्ले १७ औं तथा लिड्स १८ औं स्थानमा रहेका छन् ।

आइतबार लिड्स युनाइटेडले ब्रेन्टफोर्डसँग खेल्दा बर्न्लेको भिडन्त न्युकासल युनाइटेडसँग हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४