Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरा महानगरमा ५८ हजार १ सय ६७ मत गन्न बाँकी, आचार्यद्वारा ३३ सयको अग्रता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ७ २०७९
  • 8.4K
    SHARES

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)ले फराकिलो अग्रता बनानुभएको छ ।

८५ हजार १ सय ५७ मत गणना गर्दा गठबन्धनका उमेदवार धनराज आचार्यले ३४ हजार ३ सय ३६ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ३० हजार ९ सय ४९ मत ल्याउनुभएको छ ।

यस्तै, राप्रपाका शंकर खनालले ३ हजार ८ सय ३५ मत पाउँदा स्वतन्त्र उम्मेदवार गनेश पौडेलले २ हजार ३ सय ३५ मत प्राप्त गर्नुभएको छ ।

उप–मेयरमा भने एमालेकी मञ्जु गुरुङले ३५ हजार तीन सय १२ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३४ हजार ८ सय ४७ मत ल्याउनुभएको छ ।

राप्रपाकी रञ्जना सेनले ३ हजार ७ सय ३६ मत मात्र पाउनभुएको छ ।

अब पोखरा महानगरमा ५८ हजार १ सय ६७ मत गन्न बाँकी छ । महानगरका १८ वटा वडामा कांग्रेसले १३ वटा र एमाले ५ वडामा विजयी भएका छन् ।

२०७४ निर्वाचनमा ११ वटामा मात्र सीमित कांग्रेसले यसपटक थप वडा आफ्नो पक्षमा ल्याउने देखिएको छ । एमालेले आफ्नो वर्चश्व कायम राख्न नसक्ने देखिएको छ ।

कांग्रेसले महानगरका २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५, २६, १४, २८ वडामा विजयी भहुँदा एमाले १, ५, ६, ८, २० नम्बर वडामा विजयी भएको छ ।

अहिले १०, ११, १५, १६, १७, २८, २९ र ३० को मतगणना जारी छ । ३१, ३२ र ३३ नम्बर वडामा मतगणना हुन बाँकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४