Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धनगढी उपमहानगरमा मेयरमा हमाल जितकाे नजिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ७ २०७९
  • 8.1K
    SHARES

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुग्नुभएकाे छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज (शनिबार) बिहान सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ९ सय ९७ मतको अग्रता लिनुभएकाे छ । ६३ हजार ७ सय १५ मत खसेको धनगढीमा ५१ हजार ६५ मत गणना गर्दा गाेपाल हमालले २२ हजार ५ सय ४१ मत प्राप्त गर्नुभएकाे छ ।

सत्ता गठबन्धनका मेयरका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५ सय ४४ मतसहित हमाललाई पछ्याई रहनु भएकाे छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४ सय २३ मत प्राप्त गरेर तेस्रो स्थानमा रहनुभएकाे छ ।

त्यस्तै, साेही उपमहानगरपालिकामा उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीलाई नेकपा एमालेकी कन्दकला रानाले उछिन्नुभएकाे छ । रानाले १० हजार ८ सय ८० र अधिकारीले १० हजार ७ सय २ मत प्राप्त गर्नुभएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४