काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा ७,७०७ मतले अगाडि छन् ।
साहले १५ ,७७५ मत ल्याएका छन् भने स्थापितले ८,३४५ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ७,५११ मत ल्याएकी छन् ।
