Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मतदान स्थल र निर्वाचन केन्द्रबाट मतदाता शिक्षा दिन सुरु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २८ २०७९
  • 10.5K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ ।

देशभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो ।

बुधबार र बिहीबार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताहरुले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले जनाएको छ ।

मतदाता शिक्षा लिनका लागि नयाँ पुस्ताहरु अधिकांश मतदान स्थलमा आएको नयाँ बनेश्वर मतदान केन्द्र ‘ग’का मतदान अधिकृत भगवान उप्रेतीले बताउनुभयो । उहाँले बिहान १० बजेबाट मतदाता परिचय पत्र वितरण गरेको र बैशाख ३० गतेका लागि आवश्यक तयारी गरिरहेको बताउनुभयो । मतदान अधिकृत उप्रेतीले मतदाताहरुले नमूना मतपत्रमा मत हाल्न सिकएको बताउनुभयो ।

त्यस्तै, काठमाडौं जिल्ला अदालतकी कर्मचारी अनुपमा भट्टराईले मतदाता शिक्षासँगै मतदाता परिचय पत्र पनि वितरण गरिरहेको बताउनुभयो । उहाँले नयाँ मतदाता परिचय पत्र बनाएका र स्थानीय निर्वाचनमा यसअघि मत नहालेका मानिसहरु मत हाल्ने तरिका सिक्न आएको उल्लेख गर्नुभयो ।

त्यस्तै मतदान हाल्ने तरिका सिक्न र मतादाता परिचय पत्र लिन आएका मतदाताहरु भोट हाल्नका लागि उत्साहीत देखिन्छन् । यस वर्ष नयाँ मतपत्रहरु छापिएको र हाल्न नजानेकाहरुको मतपत्र बदर हुनसक्ने भन्दै एकपटक मत हाल्ने तरिका सिक्न आवश्यक रहेको बताउनु अधिवक्ता भूमिनन्द चुँडालले बताउनुभयो । उहाँले यस वर्ष मतदाता शिक्षा भनेजस्तो दिन नसकेको कारण धेरै मतहरु बदर हुनसक्ने सम्भावना रहेको बताउनुभयो । नयाँ मतदाताहरुलाई मत हाल्न सिकाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नव मतदाताहरु आफ्नो मताधिकार प्रयोग गरेर उचित नेतृत्व चयन गर्न उत्साहीत देखिएका छन् । उनीहरुले सम्बन्धित ठाउँमा आएर भोट हाल्ने तरिका सोधेर आफ्नो मताधिकारको उचित सदुपयोग गर्न सुझाव दिएका छन् । उनीहरुले अहिले सही र योग्य उम्मेदवार छान्न सके मात्रै भविष्यमा राम्रो कामको प्रतिफल आउने भएकोले सोचेर मतदान गर्न पनि अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४