Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवा र प्रचण्डको प्रेम धेरै दिन टिक्दैन : एमाले नेता पाण्डे


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २५ २०७९
  • 5.8K
    SHARES

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘प्रेम’ धेरै समय नटिक्ने दावी गरेका छन् ।

आइतबार नेकपा एमालेले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले देउवा र प्रचण्डबीच रहेको ‘प्रेम’ लाई चाउरे पिरतीको संज्ञा दिए ।

केही दिनअघि भरतपुरमा गरिएको भाषण सुनेँ । शेरबहादुर देउवाजीले भन्नुभएछ, मेरो जोडले पो मेयरको उम्मेदवार रेनुजीलाई दिएको प्रचण्डजी त नाइ भन्दै हुनुहुन्थ्यो, कति प्यारो प्रेम बसेछ प्रचण्डजीमाथि’ उनले भने ।

उपाध्यक्ष पाण्डेले अघि भने, ‘यहाँलाई म भन्न चाहन्छु शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो प्रेम छ, ज्यादै कमजोर प्रेम छ भन्ने कुरा धेरै पर जानुपर्दैन होला । यहाँहरुले अहिले नक्कली पिरती देखाउनुभएको छ, यो चाउरे पिरती केही दिनमा नै अंगभंग हुनेवाला छ ।’

उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री पत्नी आरजु राणाले आफूहरुले हारेको ठाउँमा बजेट नदिने भनी टिप्पणी गरेको भन्दै विरोध जनाए । उनले भने, ‘आज पनि राणाशासन गएको छैन कि भन्ने भान उहाँमा रहेछ ।’

उपाध्यक्ष पाण्डेले अघि भने, ‘तपाईंको गोजीको पैसा होइन, प्रधानमन्त्री पत्नीज्यू नेपाली जनताले कर तिरेर ढुकुटीमा जम्मा गरेको पैसा हो, सबै पैसाको पाइ पाइ हिसाब हुन्छ नेपाली जनता भ्रममा छन् भन्ने नठान्नुहोला ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४