Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराटनगरमा कांग्रेसको चुनावी सभा, प्रधानमन्त्री देउवाले पनि सम्बोधन गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २१ २०७९
  • 11K
    SHARES

काठमाडौँ  । चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आज विराटनगर आउँदैछन् । विराटनगर महानगरपालिका लक्षित चुनावी सभालाई सम्बोधन गर्न देउवा विराटनगर आउने भएका हुन् ।

उनीसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा पनि आउनेछन् । दिउँसो १२ बजे पुष्पलाल चोकमा हुने चुनावी सभालाई सभापति देउवा, काङ्ग्रेस नेता शेखर कोइरालासहितका नेताहरुले सम्बोधन गर्नेछन् ।

नेपाली काङ्ग्रेस नगर सभापति दीपक चापागाईंले महानगर केन्द्रित चुनावी सभालाई सम्बोधन गर्न केन्द्रीय नेतृत्व आउन लागेको बताए । कार्यक्रमको आयोजक भने जिल्ला समिति रहेको उनले बताए ।

नेपाली काङ्ग्रेसले विराटनगरमा मेयरको उम्मेदवार नागेश कोइरालालाई बनाएको छ । उनलाई भोट माग्न आइतबार विमलेन्द्र निधि पनि विराटनगर आएका थिए । सत्तारुढ गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार जसपा महानगर अध्यक्ष अमरेन्द्र यादव छन् ।कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गरी देशका प्रमुख १० सहरहरुमा चुनावी सभा गर्ने निर्णय गरेको थियो । सोही अनुसार आज पहिलो चुनावी सभा विराटनगरमा हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४