Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय भलिबल लिगमा एपीएफको पहिलो जित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २० २०७९
  • 5K
    SHARES

काठमाडौं । छैटौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफ क्लबले पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै एपीएफले पहिलो जित निकालेको हो । एपीएफले आर्मीमाथि २७–२५, १३–२५, २५–२१ र २५–२३ को सेटमा जित निकालेको हो ।

पहिलो खेलमा एपीएफलाई नेपाल पुलिसले हराएको थियो । यस्तै आर्मीले एभरेस्ट भलिबल क्लबलाई हराएको थियो भने एभरेस्ट क्लबले न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराएको थियो । एभरेस्टले न्यू डायमण्डमाथि २७–२५, १३–२५, २०–२५, २५–२१ र १५–१३ को सेटमा जित निकालेको हो ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिम सहभागी छन् । प्रतियोगिताका विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौंथो टीमले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४