Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी-२० खेलमा जिम्बावे ‘ए’ विरुद्ध नेपाल आज पनि भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १९ २०७९
  • 7.3K
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

दिउँसो १ बजे कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने खेलमा नेपालले दोस्रो टी-२० अन्तर्गत सोमबार जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो । यसअघि आइतबार भएको पहिलो टी-२० सिरिजमा नेपाल पाहुना टोली जिम्बावे ‘ए’ सँग पराजित भएको छ ।

नेपाललाई जिम्बावे ‘ए’ ले ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ‘ए’ ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८५ रन बनायो । जिम्बावेका लागि तडिवानाशे मरुमानीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेलेका छन । त्यस्तै कप्तान टोनी मुनयोङ्गाले ५० रनको इनिङ खेलेका छन । इनोसेन्ट कैयाले ४७ रन जोडेका छन ।

नेपालका बसिर अहमदले २ तथा कप्तान सन्दीप लामिछाने र करण केसीले १-१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । नेपालका लागि आदील आलमले अविजित रहदै सर्वाधिक ४७ रन बनाएका छन । त्यस्तै कुशल भुर्तेलले ४६ रन जोडेका थिए ।

रोहित पौडेलले ३९ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २८ रन बनाएका थिए । आसिफ शेख ९ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भएका छन । साथै करण केसी ४ रनमा अविजित रहेका थिए । जितसँगै जिम्बावे ‘ए’ ले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग तेस्रो खेल बुधबार खेल्नेछ ।

टी–२० पछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४