Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रमुख आयुक्त र एमाले अध्यक्ष ओलीको अभिव्यक्ति मिल्यो : वर्षमान पुन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १८ २०७९
  • 10.1K
    SHARES

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ ।

मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता पुनले प्रमुख आयुक्त र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाउनुभयो ।

प्रमुख निर्वाचन आयुक्तले मतपत्र बलियो कागजमा राखेकाले च्यात्न सकिदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो भन्दै प्रश्न गर्नुभयो । कुनै नेता र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने भन्दै पुनले आयोगलाई निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

केपी ओलीले बाहिरबाहिर हुंकार गरेको भएपनि भित्रैबाट गलेर पराजित भइसकेको भन्दै उहाँले ओली पराजित हुनु वामपन्थीहरुको एकताको ग्यारेन्टी भएको टिप्पणी गर्नुभयो ।

पुनले माओवादी केन्द्रको प्रहार ओली प्रवृत्तिमाथि भएको भन्दै एमाले भित्रका क्रान्तिकारी, प्रगतिशील र देशभक्तउपर नभएको स्पष्ट पार्नुभयो । भविष्यमा प्रगतिशील र वामपन्थी शक्तिहरुको वैचारिक रुपमा ध्रविकरण हुने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४