Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैत २९ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २९ २०७८
  • 2.1K
    SHARES

पञ्चाङ्ग
वि.सं. चैत २९, २०७८ । ई.सं. १२ अप्रिल २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ चौलाथ्व । नल, उत्तरायण वसन्त । मंगलबार चैत्र शुक्लपक्ष । तिथि- एकादशी, २६:४६ बजे उप्रान्त द्वादशी । नक्षत्र- अश्लेषा, ६:२६ बजे उप्रान्त मघा । योग- शूल, १०:१६ बजे उप्रान्त गण्ड । करण- वणिज १४:२५ बजेदेखि भद्रा, २६:४६ बजे उप्रान्त वणिज । चन्द्रराशि कर्कट । आनन्दादि योग आनन्द । दिनमान ३१।४४ । सूर्योदय ५:४५ । सूर्यास्त १८:२६ । कामदा एकादशीव्रत, विश्व ज्योतिष महासंघ २६ औं स्थापना दिवस ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बलजफ्ती गर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। आमाको आशीर्वाद तथा परिवारजनको सहयोगले अप्ठ्यारा परिस्थिति सुल्झाउन सकिनेछ। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्। हडबडले काम बिग्रनुका साथै हातमा आएको मौका गुम्न सक्छ। दाजुभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। नयाँ व्यवसायमा लगानी गर्न समय पर्खनुहोला। मिहिनेत गर्दा धन आर्जन हुनेछ। निरन्तर लागिपर्दा आँटेको काम बन्न सक्छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। सहयोगीहरूले साथ दिनेछन् भने लामाे समयदेखि रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम थाल्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। घरमा साथीभाइकाे आगमन हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। टाढाका साथीभाइको निम्तो प्राप्त होला।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित दाम प्राप्त हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। स्रोत-साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन पनि कसिलाे हुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
महत्वपूर्ण जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा नउठ्न सक्छ। चुनौतीपूर्ण काममा जुट्नुपर्ने स्थिति आउन सक्छ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। तथापि प्रयास गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। मिहिनेतले पदीय जिम्मेवारी दिलाउन सक्छ। आफ्नैले काम बिगार्न सक्छन्, ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै लाेकप्रिय काम गर्ने समय छ। नयाँ जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम सजिलै सम्पादन हुनेछन्। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। आयस्रोत बढ्नेछन्। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ। आलोचकहरू बढ्नेछन् भने लेनदेनले विवाद निम्त्याउन सक्छ। विगतको श्रमबाट भने लाभ हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। तर उपहारका लागि खर्च गर्नुपर्ने हुन सक्छ। तत्काल खर्च लागे पनि आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने साधन जोड्ने समय छ। विवादबाट टाढै बस्नुहोला। सोचेजति लाभ नमिल्न सक्छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अधिकारका लागि केही संघर्ष हुन सक्छ। फजुल खर्च पनि बढ्नेछ। काममा वैधानिक चुनौती देखापर्न सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। लगनशीलताले पछिका लागि उपलब्धि दिलाउन सक्छ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

# हाम्रो पात्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४