Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २१ २०७८
  • 8K
    SHARES

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृखंलाको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १६९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो । नेपालका लागि ऐरीले ३८ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५४ रन बनाए । यस्तै करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए ।

आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५, रोहित पौडेलले २ रन जोडे भने आरिफ शेख र दीलिप नाथले खाता खोल्न सकेनन् ।

आक्रामक सुरुवात गरेको नेपालले पावर प्लेमा २ विकेट गुमाएर ४४ रन बनाएको थियो । ओपनर कुशलले २२ बल खेल्दै ५ चौका मदद्तमा २५ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले भने ३ बलमा २ रन बनाएर आउट भए ।

पीएनजीका कबुअ मोरेअ र रिले हेकुरले समान एक विकेट लिए ।

त्यसपछि आसिफ र दीपेन्द्रले नेपालको इनिङ्स सम्हालेका थिए । तर १२औं ओभरमा नेपालले लगातार तीन विकेट गुमाएपछि दबावमा आएको थियो ।

आसिफ २९ बल खेल्दै १ छक्काको मदद्तमा २९ रन बनाएर १२औं ओभरको पहिलो बलमा आउट भए । उक्त ओभरको तेस्रो बलमा आरिफ शेख खाता नखोली आउट भए भने पाँचौ बलमा दीलिप नाथ पनि शून्यमै आउट भए ।

नेपालका तीनै खेलाडीलाई पीएनजीका सेमो कमिअले आउट गरे । उनले एकै ओभरमा नेपालका तीन खेलाडीलाई आउट गर्दै मेडन राखे । ३ ओभरमा २८ रन खर्चेका कमिअले आफ्नो अन्तिम ओभरमा पुनरागमन गर्दै सानदार बलिङ गर्दै ३ विकेट लिए ।

१६औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रन बनाएर आउट भए । उनले १३ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे ।

त्यसपछि दीपेन्द्र र करण मिलेर सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे । दीपेन्द्र र करणले अन्तिम चार ओभरमा ५४ रन जोडेका थिए ।

बलिङमा पीएनजीका लागि सेमो कमिअले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । यस्तै चाड सपर, कबुअ मोरेअ र रिले हेकुरेल समान एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४