Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलेसियाद्वारा नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १६ २०७८
  • 5.8K
    SHARES

काठमाडौं। त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखला अन्तर्गत अहिले भइरहेको मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले मलेसियाबाट जितका लागि ११५ रनको लक्ष्य पाएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको हो ।

मलेसियाका ओपनर विरनदीप सिंहलाई करण केसीले खेलको पहिलो बलमै बोल्ड गरे । सेइद अजिजले १४, शर्भिन मुनियनडीले ९, मुहमद अमिरले १६, विजय उन्नीले ३ रनको योगदान गरे ।

नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर १ विकेट लिंदा दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडेन राख्दै १४ रन दिएर १ विकेट लिए ।

करणले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अविनास बोहराले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए । मलेसियामाथि नेपालले जीत हात पारेमा नेपाल फाइनलमा प्रवेश गर्ने संभावना रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४