Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनामी बन्यो ‘द कश्मीर फाइल्स’ फिल्म,५ दिनमा ५० करोड कमाई


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २ २०७८
  • 7.1K
    SHARES

एजेन्सी । बलिउड फिल्म ‘द कश्मीर फइल्स’ ले बक्स अफिसमा निकै राम्रो कमाई गरेको छ ।

यो फिल्मले रिलिज भएको चौँथो दिन ४२ करोड भारतीय रुपैयाँ कमाई गरेको थियो भने पाँचौँ दिन ५० करोड भारतीय रुपैयाँ कमाई गरेको छ ।.

निर्देशक विवेक अग्निहोत्रीको निर्देशनमा बनेको यो फिल्म ११ मार्च देखि सिनेमा हलमा प्रदर्शन भएको थियो । पहिलो दिनमा नै फिल्मले ३ करोड ५५ लाख भारतीय रुपैयाँ कमाई गरेको थियो । थेरै लगानीमा बनेको यस फिल्मले फिल्म चल्नकालागि फिल्मको कथाबस्तु राम्रो हुनुपर्ने कुरालाई प्रमाणित गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

निर्देशक अग्निहोत्रीले फिल्ममा कश्मीरी पण्डितहरूमाथि भएको अत्याचारलाई राम्रोसँग देखाएका छन् । फिल्ममा अनुपम खेर, दर्शन कुमार, मिथुन चक्रवर्ती, पल्लवी जोशी जस्ता कलाकारहरू मुख्य भुमिकामा देखिएका छन् । दर्शक र अन्य कलाकारहरूले पनि फिल्मको खुबै प्रशंसा गरेका छन् । यो फिल्मलाई भारतका धेरै राज्यमा करमुक्त गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छन् ।

यो फिल्मलाई ५ सय ६१ सिनेमा हल र १ सय १३ विदेशी स्क्रिनमा प्रर्दशन गरिएको थियो । अन्य फिल्मको तुलनामा यो संख्या निकै कम हो । तर, कम स्क्रिनका कारणपनि द कश्मीर फाइल्स ले रेकर्ड तोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४