Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पिएनजीले नेपाललाई दियो २०५ रनको लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २ २०७८
  • 7.1K
    SHARES

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) ले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।

शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको हो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए ।नेपालका लागि साेमपाल कामीले सर्वाधिक ३ विकेट लिए ।

ओपनरद्वय टोनी उरा र लेगा सिएकाले पहिलो विकेटका लागि अर्धशतकिय साझेदारी गरेका थिए । आरिफ शेखले दशौँ ओभरमा २७ रन बनाएका उरालाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराउदै ५१ रनको साझेदारी तोडेका थिए ।

यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी डेब्यु गरेका सन्दीप लामिछानेले १३औं ओभरमा अर्का ओपनर लेगा सिएकालाई बोल्ड गर्दै नेपाललाई अर्को सफलता दिलाएका थिए । सिएकाले २५ रन जोडे ।त्यसपछि कप्तान असद भाला र चार्ल्स अमिनीले इनिङ्स सम्हाल्ने प्रयास गरे । तर यी दुईबीचको ३५ रनको साझेदारी नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २४औं ओभरमा तोडे । भालाले १९ रन बनाए । ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका हुन् ।

अर्को ओभरमा हिरी हिरी खाता नखोल्दै आउट भएपछि पीएनजीले ९१ रनमा चौथो विकेट गुमायो ।त्यसपछि पाँचाै विकेटका लागि अमिनी र चार्ड साेपरले ७४ रनकाे साझेदारी गरे । ४५ अाैं ओभरमा साेमपाल कामीले अमिनीलाई आउट गर्दै साझेदारी ताेडेका थिए ।
त्यसपछि चार्ड साेपर ३५ र नाेर्मन भानुअ २३ रन बनाएर आउट भए ।

नेपालका लागि साेमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १-१ विकेट लिए ।यस्तै दीपेन्द्र सिंह ऐरीले किफायती बलिङ गर्दै १० ओभरमा २६ रन मात्र खर्चिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४