Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एप्पलपछि सामसुङले पनि आफ्नो उत्पादन रूसमा नपठाउने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २१ २०७८
  • 6.5K
    SHARES

एजेन्सी । दक्षिण कोरियाली प्रविधि कम्पनी, सामसुङले विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ ।

यसले युक्रेनमा आक्रमण गरेपछि देशमा बिक्री र सेवाहरू बन्द गरेका एप्पल र माइक्रोसफ्ट जस्ता अन्य विश्वव्यापी ख्यातिप्राप्त कम्पनीहरूसँग सम्मिलित भएको हो ।युक्रेनी सञ्चारमाध्यमले जनाएअनुसार विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण मार्च ५ देखि रूसमा आफ्नो आपूर्तिलाई रोकेको हो ।

यसअघि अमेरिकी प्रबिधि कम्पनी एप्पलले पनि युक्रेनमा रूसी सैन्य परिचालनका कारण रुसमा आफ्ना सबै उत्पादन बिक्री गर्न रोकेको सिएनएनले जनाएको थियो ।

कम्पनीले रूसी आक्रमणको बारेमा ‘गम्भीर चासो’ व्यक्त गर्दै यसको जवाफमा यसले रूसमा ‘आफ्ना सबै उत्पादनको बिक्री रोकेको’ बताएको थियो ।

एप्पलले रूसभित्र एप्पल पे जस्ता डिजिटल सेवाहरूमा पहुँच सीमित गर्न र देशबाहिर रूसी राज्य मिडिया अनुप्रयोगको उपलब्धतामा प्रतिबन्ध लगाएको पनि बताएको छ ।

मस्कोले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिएको तीन दिनपछि फेब्रुअरी २४ मा रूसी सेनाहरूले युक्रेनमा सैन्य परिचालन गरेपछि सामसुङले यो निर्णय गरेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४