Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनकी सुन्दरी सेनामा प्रवेश,रुस विरुद्ध युद्ध गर्न उठाईन् बन्दूक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १६ २०७८
  • 10.1K
    SHARES

काठमाडौं । युक्रेनकी सुन्दरी अनास्तारिया लेना सेनामा प्रवेश गरेकी छिन्

रुसले युक्रेनमाथि हमला गरेपछि रुससंग युद्ध गर्न सेनामा प्रवेश गरेकी हुन् । उनले सेनामा प्रवेश गरेर बन्दुक बोकेका तस्वीरहरु सार्वजनिक भएका छन् ।युक्रेनका आम जनताले रुसी सेनाविरुद्धको युद्धमा युक्रेनी सेनालाई साथ दिइरहेका छन् । त्यसमा लेना पनि समावेश भएकी हुन् । लेनाले सन् २०१५ मा मिस ग्रान्ड युक्रेनको उपाधि जितेकी थिइन् । उनले आफू रुस विरुद्ध युद्ध मैदानमा उत्रिएको धेरै तस्वीरहरु इन्स्टाग्रामक मार्फत सार्वजनिक गरेकी छिन् ।

बेलायती पत्रिका ‘डेली स्टार’ अनुसार २०१५ मा उनले २४ वर्षको उमेरमा मिस ग्रान्ड युक्रेनको उपाधि जितेकी थिइन् । उनी आफ्नो ग्ल्यामर जीवनशैलीलाई छोडेर सैनिक भेषमा रुसी सेनासँग युद्ध लड्न तयार छिन् ।

लेनाले आफ्नो हतियार बोकेको तस्वीर राख्दै सामाजिक संजालमा भनेकी छिन् “मैले आफ्नो घर जोगाउन हतियार उठाएको हुँ , जो कोहि कब्जा गर्ने नियतले युक्रेनको सिमामा प्रवेश गर्छ, मारिनेछ” ।

त्यसैगरी उनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको तस्वीर सेयर गर्दै उनलाई साँचो र बलियो नेता भनेकी छिन्।
उनलाई इन्स्टाग्राममा करिब १ लख भन्दा बढिले फलो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४