Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसको सामना गर्न युक्रेनले आफ्ना नागरिकलाई हतियार बाँड्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १५ २०७८
  • 6.2K
    SHARES

काठमाडौं । रुसले युक्रेनमा रक्तपातपूर्ण आक्रमणलाई तेस्रो दिन पनि जारी राखेको छ । रुसी सेनाको सामना गर्न युक्रेनले आफ्ना नागरिकहरुलाई हतियार बाँडेको छ । युक्रेनी सेना पनि रुसी सेनासँग निरन्तर लड्दै देश जोगाउन प्रयासरत छन् ।

रुसी सेनाको आक्रमणबाट हालसम्म युक्रेनमा २ सय जनाको मृत्यु भइसकेको र एक हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

युक्रेन सरकारले रुसी सेनाको सामना गर्न सम्भव भएसम्मका सबै उपाय अपनाउन आह्वान गर्दै राजधानी किभवासीलाई हतियार उपलब्ध गराएको छ । युक्रेनमा सबै युवालाई सैनिक तालिम अनिवार्य छ ।

रुसी सेना युक्रेनमा आक्रमण गरेको दोस्रो दिनमै राजधानी किभ नजिकै पुगेका थिए । अहिले राजधानी किभ नजिकका क्षेत्रमा भिषण संघर्ष जारी छ । राजधानी किभमा मेयरले कर्फ्यु जारी गरेका छन् ।

रुसी सेनाले युक्रेनका दोनेत्स्क, लुहान्स्क, मरिउपोल, खार्किभसहित राजधानी किभ नजिकका अधिकांश क्षेत्र कब्जामा लिइसकेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४