Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइटम गीतका लागि यी अभिनेत्रीले लिन्छन् महँगो पारिश्रमिक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १९ २०७८
  • 6.9K
    SHARES

काठमाडौं । बलिउडदेखि दक्षिण भारतका फिल्महरुमा बिस्तारै आइटम गीतहरुको क्रेज बढिरहेको छ । प्रायः सबै फिल्महरुमा आइटम गीत राखिएको पाइन्छ । आइटम गीत राखेपछि फिल्म चल्छ भन्ने विश्वासले कुनै फिल्ममा नसुहाउदाँ पनि आइटम गीत राखेको पाइन्छ । आइटम गीतमा अभिनेत्रीहरुले ४/५ मिनेट नाचेर महँगो पारिश्रमिक लिने गर्दछन् ।

हेरौँ कसको पारिश्रमिक कति ?

सामन्था रुथ प्रभु
पछिल्लो समय दक्षिण भारतकी अभिनेत्री सामन्था प्रभु निकै चर्चामा रहेकी थिइन् । पुष्पा फिल्ममा रहेको आइटम गीतमा उनले महङ्गो पारिश्रमिक लिएकी थिइन् । भर्खरै अभिनेता नागा चैतन्यसँग सम्बन्ध बिच्छेदपछि उनको यो पहिलो आइटम गीत हो । गीत हिट भएतापनि गीतको निकै आलोचना भएको थियो । सामन्थाले यस गीतमा ५ करोड भारतीय रुपैँया पारिश्रमिक लिएको बताइएको छ ।

नोरा फतेहि
नोरा फतेहि बलिउडमा एक छत्र राज गरिरहेकी अभिनेत्री हुन् । उनको नृत्यका कारण उनलाई महङ्गो पारिश्रमिक दिएर आइटम गीतहरुमा लिइरहेका छन् । उनको नृत्य अरु नायीकाहरुको तुलनामा निकै नयाँ र आकर्षण हुने गरेको छ । उनले गरेको सबै गीतहरु हिट भएका छन् । उनले एउटा गीतमा नृत्य गरे बापत करिब ५० लाख भारतीय रुपैँया पारिश्रमिक लिने गरेकी छिन् ।

सनी लियोनी
बलिउडमा आइटम गितहरु गर्ने अभिनेत्रीहरु मध्ये निकै चर्चित अभिनेत्री हुन्, सनि लियोनी । उनले गरेको आइटम गीतहरु शत प्रतिशत हिट हुन्छ भन्ने विश्वास गर्दछन्, फिल्म निर्माताहरु । रिर्पोटका अनुसार सनिले एउटा गीतमा नृत्य गरेबापत करिब ३ करोड भारतीय रुपैँया पारिश्रमिक लिने गरेकी छिन् । उनको पछिल्लो आइटम गीत मधुबन निकै आलोचनामा रहेको थियो ।

कट्रिना कैफ
कट्रिना बलिउडमा निकै रुचाएकी अभिनेत्री हुन् । उनले धेरै फिल्ममा आफ्नो अभिनयले सबैको मन जितेकी छिन् । भर्खरै विक्की कौशलसँग विवाह बन्धनमा बाधिएकी कट्रिना फेरी फिल्ममा र्फकिने तयारीमा छिन् । उनको आइटम गीतले निकै चर्चा पाएको छ । उनले एउटा गीतमा नृत्य गरेबापत ५० लाख भारतीय रुपैँया पारिश्रमिक लिने गरेको बताइएको छ ।

ज्याकलिन फर्नान्डिज
ज्याकलिन एक श्रीलंका तथा बलिउडकी अभिनेत्री हुन् । उनले सन् २००६ को मिस युनिर्भस श्रीलंका प्रतियोगिता जितेकी थिइन् । उनले धेरै काम भने बलिउडमा नै गरेकी छिन् । उनको थुप्रै आइटम गीतहरु हिट भएका छन् । रिर्पोटका अनुसार उनले एउटा गीतमा नृत्य गरेको ३ करोड भारतीय रुपैँया पारिश्रमिक लिने गरेकी छिन् ।

चित्रांगदा सिंह
चित्रांगदा बलिउडकी चर्चित अभिनेत्री हुन् । उनले गरेका आइटम गीतहरु निकै लोकप्रिय छन् । उनले एउटा आइटम गीतमा नृत्य गरेबापत लगभग ६० लाख भारतीय रुपैँया पारिश्रमिक लिने गरेको बताइएको छ ।

मलाइका अरोडा
मलाइकाले बलिउडका थुप्रै सुपरहिट फिल्ममा सुपरहिट आइटम गीतहरुमा नृत्य गरेकी छिन् । उनलाई दबंगको आइटम गीत मुन्नी बदनामले सफलता दिएको थियो । उनले एउटा गीतमा नृत्य गरेबापत १ करोड भारतीय रुपैँया पारिश्रमिक लिने खबर बाहिरीएको छ । उनी बिभिन्न कुराहरुले आलोचनामा तानिने गरेकी छिन् । उनी सलमान खानको भाई अरवाज खानसँग सम्बन्ध बिच्छेदपछि र्अजुन कपुरसँग प्रेम सम्बन्धमा रहेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४