Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफ्ना कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १० २०७८
  • 2.4K
    SHARES

काठमाडौं । रुस र युक्रेनबीच तनाव बढीरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारी, तिनका परिवारका सदस्य र अत्याश्यवक काम नभएका अन्य कर्मचारीहरुलाई युक्रेन छाड्न भनेको हो । युक्रेनमा रहँदै आएका आफ्ना नागरिकहरुलाई पनि युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले भनेको छ ।

रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको भन्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई उक्त आदेश जारी गरेको बीबीसीले जनाएको छ । यद्यपि रुसले भने युक्रेनमा आक्रमण गर्ने योजनाको खण्डन गर्दै आएको छ ।

रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । रुसविरुद्ध उभिएको अमेरिकाले हालै युक्रेनमा हतियारसहितका सहायता सामग्री पठाएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै रुसले युक्रेनविरुद्ध ठूलो सैन्य कारबाही गर्ने योजना बनाइरहेको जनाएको छ । अमेरिकाका अनुसार सुरक्षाको दृष्टिकोणले अहिले परिस्थिति अप्रत्यासित छ र केबल एक सानो सूचनाले स्थिति भयावह हुनसक्छ ।

उत्तरी एटलान्टिक सन्धि संगठन (नाटो)का प्रमुखले पनि युरोपमा नयाँ संघर्षको खतरा रहेको बताएका छन् ।

रूसलाई ब्रिटेनको चेतावनी

यसैबीच ब्रिटेनले एक औपचारिक बयान जारी गर्दै रुसले आफ्नो समर्थकलाई युक्रेनको सत्तामा पुर्याउन चाहेको जनाएको छ । त्यसका लागि युक्रेनका पूर्वसांसद येवहेन मुरायेव सम्भावित उम्मेदवार हुन सक्ने ब्रिटेनको भनाइ छ ।

यदि रुसले युक्रेनमा आक्रमण गरेमा त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि ब्रिटेनले दिएको छ । ब्रिटेनका विदेश मन्त्रीले शनिबार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘रुसले आफ्नो आक्रामक अभियान रोकेर कूटनीतिक माध्यमबाट अघि बढ्नुपर्छ । युक्रेनमा रुसले कुनै प्रकारको सैन्य कारबाही गरेमा ठूलो भूल हुने छ र त्यसको गम्भीर परिणाम भोग्नुपर्ने छ ।’

रुस र युक्रेनबीच तनाव बढीरहेको बेला युक्रेनबाट जारी यो बयानलाई अन्तर्राष्ट्रिय मिडियाहरुले ‘अप्रत्यासित’ भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४