Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जर्मनका नौसेना प्रमखुले दिए राजीनामा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ९ २०७८
  • 6.7K
    SHARES

एजेन्सी । युक्रेनबारे विवादास्पद टिप्पणी गरेसँगै जर्मनीका नौसेना प्रमुखले राजीनामा गरेका छन् ।

शुक्रबार भारतमा एउटा थिङ्क ट्याङ्कले आयोजना गरेको छलफलमा के–खिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको भन्ने कुरा बकवास रहेको बताएका थिए । उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले मात्र सम्मान खोजेको पनि बताए । युक्रेनलाई अमेरिका र बेलायतसहितका अन्य केही राष्ट्रहरूले हातहतियार उपलब्ध गराएका छन् । तर जर्मनीले भने हतियार उपलब्ध गराउन युक्रेनले गरेको आग्रह अस्वीकार गरेको छ । पुटिनले पश्चिमा राष्ट्रहरूसमक्ष केही मागहरू अघि सारेका छन् जसमा रुसी सुरक्षा चासोहरू समेटिएको उनको भनाइ छ ।

उक्त भिडिओ पछि सामाजिक सञ्जालमा प्रसारण गरिएको थियो । भिडियोमा उनले पश्चिमा राष्ट्रहरूले पुटिनलाई समान रूपमा व्यवहार गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । उनले माग गरेजस्तै सम्मान दिन सजिलो छ र सम्भवतः उनी त्यसका लागि योग्य पनि छन्– श्योनबाखले भनेका छन् । युक्रेनको विदेश मन्त्रालयले श्योनबाखको टिप्पणीलाई स्पष्ट रूपमा अस्वीकार्य रूपमा व्याख्या गरेको छ । श्योनबाखले थप क्षति हुन नदिन आफ्नो पदबाट ’’तत्काल लागु हुने गरी’’ राजीनामा गरेको बताएका छन् । युक्रेनको सीमा नजिकै एक लाख रुसी सेना तैनाथ गरिएसँगै युरोपमा नयाँ द्वन्द्व सुरु हुनसक्ने जोखिम रहेको नेटोका प्रमुखले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४