Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माघे सङ्क्रान्ति सांस्कृतिक विविधताको उत्तम उदाहरण : सभामुख


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १ २०७८
  • 3.6K
    SHARES

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले माघी/माघे सङ्क्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उत्तम उदाहरण भएको बताएका छन् । उनले भनेका छन्, “विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यता हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वहरूले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

सभामुखले २०७८ सालको माघी/माघे सङ्क्रान्ति पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको सङ्क्रमण बढ्ने क्रममा रहेकाले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउनुहुन अपिल गरेका हुन् । थारु समुदायले यस पर्वलाई ‘माघी’का रूपमा मनाउँछन् । थारुको यो नयाँ बर्ष आरम्भ पनि हो ।

मगर समुदायलगायतले यस पर्वलाई माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति)का रूपमा मनाउने गर्दछन् । एकै दिन एउटै पर्वलाई भिन्नभिन्न भेग र समुदायमा फरक ढङ्गले मनाउने चलनकै कारण यसको फरक विशेषता र महत्व रहेको छ । 

यो पर्वलाई घिउ, चाकु, तिलको लड्डु, तरुललगायत विभिन्न परिकार खाने दिनका रूपमा पनि लिइन्छ । सभामुखले यस पर्वले आपसी सद्भाव, आत्मीयता  र एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४