Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मकर सङ्क्रान्तिको अवसरमा अध्यक्ष नेपालद्वारा शुभकामना व्यक्त


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १ २०७८
  • 5.5K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले थारु समुदायको चाड माघी, मगरलगायत अन्य समुदायले मनाउने मकर सङ्क्रान्तिको अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

पार्टी अध्यक्ष नेपालले जारी गरेको सन्देशमा विविधताले सम्पन्न नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको मकर सङ्क्रान्ति तथा माघीपर्वले सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै समुन्नत समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भनिएको छ । 

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले सम्पन्न नेपालका विभिन्न जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्व रहेको उल्लेख गरिएको सन्देशमा मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिले आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने हुँदा तीनको संरक्षण तथा सम्बर्द्धन गर्नु हामी सबैको दायित्व हो भनिएको छ ।

अहिले महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्कटको समयमा स्वास्थ्य सुरक्षा उपाय अपनाएर चाडपर्व मनाउन आग्रहसमेत सन्देशमा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४