Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पीएम कप टी-२० : विभागीय डर्बीमा पुलिसले आर्मीलाई हरायो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २७ २०७८
  • 2.9K
    SHARES

काठमाडौं। प्रधानमन्त्री कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो । २ खेलबाट ४ अंकसहित पुलिस समूह ए मा शीर्ष स्थानमा छ । आर्मीको भने यो पहिलो हार हो ।

आर्मीले दिएको १३८ रनको लक्ष्य पुलिसले १८ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३५ रन योगदान गर्दा दिलिप नाथ र रासिद खानले लोअर अर्डरमा राम्रो ब्याटिङ गर्दै पुलिसलाई जित दिलाए ।

भुर्तेलले २२ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा सर्वाधिक ३५ रन बनाए । रासिद खानले १९ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा २८ रन जोडे । यस्तै अनिल शाहले ११ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २२ रन योगदान गरे । दिलिप नाथले २५ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित २५ रन जोडे । विजयी चौका प्रहार गरेका योगेन्द्र सिंह कार्कीले अविजित ९ रन बनाए ।

बलिङमा आर्मीका शाहब आलमले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अघिल्लो दिन कर्णाली विरुद्ध ४ विकेट लिएर म्यान अफ म्यच बनेका जितेन्द्र मुखिया पुलिस विरुद्ध २ विकेट लिँदा केही महँगा बने ।

उनले ४ ओभरमा २७ रन खर्चिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले एक बल अगाडि नै अलआउट हुँदै १३७ रन बनाएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारी र सोमपाल कामी बाहेक अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । विनोदले ३६ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४४ रन बनाए भने लगातार ओपनिङ गरेका सोमपालले ३५ बल खेल्दै ६ चौका मद्दतमा ४२ रन जोडे । हरि चौहान, कुशल मल्ल र सुशन भारीले समान १२ रन बनाए ।

आर्मीलाई मध्ययम स्कोरमा रोक्न आर्मीकै पूर्व खेलाडी करण केसीले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । गुल्शन झा र योगेन्द्र सिंह कार्कीले २-२ तथा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४