Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीलंकाले नेपाललाई दियो ३२३ रनको विशाल लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ११ २०७८
  • 5.9K
    SHARES

काठमाडौं । युएईमा भइरहेको एसीसी यू-१९ एसिया कपमा श्रीलंकाले नेपाललाई ३२३ रनको विशाल लक्ष्य दिएको छ ।

शारजहा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३२२ रन बनायो । सदिशा राजापाक्षे र चामिन्दु विक्रमासिंगेले शतक प्रहार गरेपछि नेपालले ठूलो लक्ष्य पाएको हो ।

श्रीलंकाका लागि सदिशा राजपाक्षेले सर्वाधिक १३१ रन बनाए । यस्तै ओपनर चामिन्दु विक्रमासिंगेले १११ रन जोडे । ३९ रनमा पहिलो विकेट गुमाएको श्रीलंकाका लागि सदिशा र चामिन्दुले २२३ रनको विशाल स्कोरको साझेदारी गरे ।

ओपनर सेभोन डानिलले १७, दुनिथ वेलालेजले अविजित ३४ रन योगदान गरे ।

बलिङतर्फ नेपालका मोहम्मद आदिल आलमले २ तथा कप्तान देव खनाल र विवेक यादवले १-१ विकेट लिए ।

टेष्ट राष्ट्रहरुलाई आश्चर्य चकित पार्ने लक्ष्यसहित युएई पुगेको नेपालले दुई टेष्ट राष्ट्रविरुद्ध खराब बलिङ गर्दा ६ सय भन्दा बढी रन खर्चिसकेको छ ।

नेपाल यसअघि पहिलो खेलमा १५४ रनले पराजित भएको थियो । समूह बी मा रहेको नेपालले अन्तिम खेल कुवेतसंग मंगलबार खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४