Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावसम्मै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने ओलीको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १० २०७८
  • 7.7K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले चुनावसम्मै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने चेतावनी दिनुभएको छ ।

शनिबार विराटनगरमा अध्यक्ष ओलीले आफ्ना माग पूरा गर्न सभामुखले आनकानी गरेकाले निर्वाचनसम्म संसद चल्न नदिने बताउनुभयो । आफूहरूले पार्टीबाट निश्कासन गरेका मान्छेहरूलाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि नजाने अध्यक्ष ओलीको जिकिर छ ।

अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने बताउनुभयो । यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको उहाँको भनाइ छ ।

गठबन्धन दलभित्रका एमसीसीबारे पार्टीहरूको आ–आफ्ना छुट्टै नीति भएकाले अन्योल बनेको उहाँको धारणा थियो । तर, एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरूले केही बोल्ने ओलीले बताउनुभयो ।

जसपाबाट निर्वाचित जहदा गाउँपालिका–७ का वडाध्यक्ष भगवानलाल बेसरालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली मोरङ पुग्नुभएको हो । अध्यक्ष ओलीले एमालेको १०औं महाधिवेशनपछिका तीन महिना पार्टी प्रवेशको अभियान चलाउने घोषणा गर्नुभएको थियो ।

यसअघि जनता समाजवादीको तर्फबाट वडा नं ४ का अध्यक्ष जयनरथ गिरी पनि एमालेमा प्रवेश गरेका थिए ।

  • केपी ओलीचुनावनेकपा एमालेप्रतिनिधिसभा बैठक

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४