Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१९ वर्षमुनिको एसिया कपमा बंगलादेशद्वारा नेपालसामु २ सय ९८ रनको लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ९ २०७८
  • 9.2K
    SHARES

काठमाडौं । १९ वर्षमुनिको एसिया कप एकदिवसीय क्रिकेटमा बंगलादेशले नेपालसामु २ सय ९८ रनको लक्ष्य दिएको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई)को सारजाह मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन बनाएको हो ।

उसका लागि प्रन्तिक नवरोज नबिलले अविजित रहँदै सर्वाधिक १ सय २७ रन बनाए । यस्तै, मोहम्मद फहिमले ५८ रन बनाए ।

नेपालका गुल्सन झा, टीका भण्डारी र मोहम्मद अदिल आलमले समान एक–एक विकेट लिए ।

नेपालले अब केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

नेपाल आज बंगलादेशलाई हराएर सुखद सुरुवातको योजनामा रहेको छ । तर, नेपाललाई जित निकाल्न सहज भने छैन ।

बंगलादेश पनि नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ । पछिल्लो चार भेटमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन ।

समूह बी मा रहेको नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन । दुबै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ । फाइनल भने जनवरी १ मा हुने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४