Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस महाधिवेशन : प्रदेश २ मा संस्थापन पक्षको सभापति उम्मेदवार कृष्ण यादव


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ६ २०७८
  • 4.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले प्रदेश २ को सभापतिमा कृष्ण यादवलाई उम्मेदवार बनाउने भएको छ ।

मङ्गलबारदेखि सुरु हुने प्रदेश २ को अधिवेशनमा संस्थापन समूहबाट यादव प्रदेश सभापति उम्मेदवार बन्ने भएका हुन।

संस्थापन पक्षका नेताहरुको बैठकले रौतहटका पार्टी सभापति यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

संस्थापन पक्षका नेता गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डे, उदयशमशेर राणा, रामहरि खतिवडा, आनन्द ढुंगाना, रमेश रिजालसहितका नेताहरुको बैठकले यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रदेश २ मा आज नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन र बुधबार प्रदेश अधिवेशन उद्घाटनको कार्यक्रम तय भएको छ ।

संस्थापनइतर समूहबाट प्रदेश २ का संसदीय दलका नेता एवम् मन्त्री रामसरोज यादबलाई अगाडि सार्ने तयारी छ । यादव पूर्वउपसभापति विमलेन्द्र निधि निकट हुन। निधिका उम्मेदवारलाई कोइराला समूहले समर्थन गर्ने गरी छलफल भैरहेको नेताहरुले बताएका छन् ।

प्रदेश २ बाहेक ६ वटै प्रदेशमा यस अघि नै प्रदेश अधिवेशन सम्पन्न भैसकेको छ । प्रदेश २ का ८ जिल्लामा अझै जिल्ला अधिवेशन भएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४