Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ६ २०७८
  • 2.6K
    SHARES

 

२०७८ पुस ६ गते, मंगलवार, २१ डिसेम्बर २०२१। पाैष कृष्णपक्ष द्वितीया तिथि, १३ः०५ बजेदेखि तृतीया। पुनर्वशु नक्षत्र। चन्द्रराशि– मिथुन, १४ः४८ बजेदेखि कर्कट।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

चिताएको काममा बिहानै जुट्नुहाेला, सोचेजस्तै सफलता मिल्नेछ। सहयाेगीहरूले साथ दिनेछन् र प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ। दिउँसाेदेखि विश्वासिला व्यक्तिहरूले धाेका दिने हुँदा काम राेकिन सक्छ। सानाे कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला। धेरै नजिकिनेहरूले पनि दुःख दिनेछन्।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। आजकाे मिहिनेतले दिगो फाइदा दिलाउनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ पनि पहिलेकाे उपलब्धिले थप काम गर्न प्रेरित गर्नेछ। साँझतिर परिस्थिति केही असहज बन्न सक्छ। पहिलेका सहयाेगीहरू प्रतिस्पर्धामा उत्रनाले काम राेकिन सक्छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतले व्यक्तित्व निखार्ने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बिछोडिएका आफन्त नजिकिनेछन्। दिगो योजना प्रारम्भ हुनेछ। तर परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा अलि सजग रहनुपर्ला। मध्याह्नपछि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। सस्ताे लाभमा लाेभिँदा व्यर्थैमा खर्च हुनेछ। आवेशको निर्णय र बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको मिहिनेतले फाइदा दिलाउनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बिहानकाे समय लाभदायी रहनेछ। पेसा र व्यवसायले पनि राम्रै लाभ दिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। तर मध्याह्नपछि धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको काममा छुट्याएकाे लगानी अरूका लागि खर्चनुपर्ने हुन सक्छ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ। मध्याह्नपछि मिहिनेतकाे फल प्राप्त हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानी बढ्नेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। भाग्यले विभिन्न अवसर दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर काममा अवराेध आउने र आफन्त टाढिने सम्भावना देखिन्छ। ईर्ष्या गर्नेहरूले पनि दुःख दिन सक्छन्।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला। मध्याह्नपछि स्थितिमा सुधार आउनुका साथै नयाँ काम थालनी हुनेछ। प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुट्नेछन्। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। दिउँसाेदेखि भने केही चुनाैती समेत देखापर्नेछन्। गोपनीयता बाहिरिनाले समस्या पर्ला। कामको चाप पनि बढ्नेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। दिउँसाेदेखि विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। काम पूरा नभए पनि आर्थिक लाभ हुनेछ। मिहिनेतले नयाँ अवसर दिलाउन सक्छ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। प्रतिस्पर्धीहरू सहयाेगीका रूपमा देखापर्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रुबाधा हट्नेछ। राेगसमेत निवारण हुने समय छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। समयमा निर्णय लिन नसक्दा काम राेकिन सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। साथीभाइकाे सहयाेग जुट्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनले नयाँ गति लिनेछ। लेखन कलामा पनि निखारता आउनेछ।

# नेपाली पात्रोबाट साभार गरियको

# उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४