Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानमारमा सेनाद्वारा ४० पुरुषको क्रुर यातनापछि सामुहिक हत्या


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ५ २०७८
  • 11.7K
    SHARES

एजेन्सी । सेनाले सत्ता कब्जा गरेको म्यानमारमा ४० पुरुषको सामुहिक हत्या गरेको खुलासा भएको छ ।

बेलायती समाचार संस्था बीबीसीले गरेको एक अध्ययनमा ४० भन्दा बढी पुरुषको सामुहिक हत्या भएको खुलासा भएको हो ।

प्रत्यक्षदर्शी र यस घटनाबाट बचेका मानिसहरुका अनुसार सैनिकले अलग–अलग समूहमा विभाजन गरेर हत्या गरेको हो । सैनिकको समूहमा १७ वर्षको किशोरलाई समेत सामिल गरिएको उनीहरुको भनाइ छ ।

घटनाको भिडियो फुटेज र तस्वीरमा पीडितको हत्या गनुअघि उनीहरुलाई एकदमै प्रताडित गरिएको देखिएको छ । उनीहरुलाई सामुहिक चिहानमा गाडिएको समाचारमा उल्लेख छ ।

उनीहरुको हत्या विपक्षीको गढ मानिएको म्यानमारको कानी क्षेत्रका विभिन्न चार स्थानमा गरिएको थियो ।

गत फेब्रुअरीमा आङ सान सूचीको नेतृत्व गरेको लोकतान्त्रिक सरकारलाई सेनाले कब्जामा लिएपछि त्यहाँका स्थानीयले विरोध गर्दै आइरहेका छन् । सेनाविरुद्धको आन्दोलनमा अहिलेसम्म १ हजार भन्दा बढी मनिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४