Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शेरधनले काठमाडौंमा खोलेको मुख्यमन्त्रीको सम्पर्क कार्यालय बन्द


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २९ २०७८
  • 6.3K
    SHARES

विराटनगर । प्रदेश १ सरकारले तत्कालिन मुख्यमन्त्री शेरधन राईले काठमाडौंमा स्थापना गरेको सम्पर्क कार्यालय बन्द भएको छ ।

प्रदेश १ का पहिलो मुख्यमन्त्री राईले काठमाडौँको महाराजगञ्जमा सम्पर्क कार्यालय खोलेका थिए । सरकार परिवर्तन भएर राजेन्द्र राई मुख्यमन्त्री भएपछि सो कार्यालय बन्द गरिएको हो ।

मुख्यमन्त्री राईले भने, ‘मासिक करिब ४ लाख रुपैयाँ नै खर्च लाग्ने गरी सम्पर्क कार्यालय खोलिएको थियो । त्यो बन्द भइसकेको छ ।’ काठमाडौंको सम्पर्क कार्यालयमा रहेका सामग्री प्रदेश १ मा मुख्यमन्त्रीको निवासमा राखिएको उनले बताए ।

नियुक्तिपछिको दुई दिन होटलमा बसेका मुख्यमन्त्री राई डेढ महिना नेपाल राष्ट्र बैंक विराटनगर शाखाको गेष्ट हाउसमा बसेका थिए । बुधबार उनी सुनसरी मोरङ सिँचाइ आयोजनाको भवनमा बनाइएको मुख्यमन्त्री निवासमा सरेका छन् ।

‘शपथ ग्रहण गरेपछि मुख्यमन्त्री सडकमा पुग्ने अवस्था भयो,’ उनले भने, ‘नयाँ मुख्यमन्त्री आउँदा सडकमा जान नपरोस्, शपथ ग्रहणलगत्तै निवासमा सर्न र बस्न सक्ने अवस्था होस् भनेर सरकारी भवनमा सरेका छौं ।’

तत्कालिन मुख्यमन्त्री शेरधन राईले विराटनगर महानगरपालिका–३ मा निजी घर भाडामा लिएर मुख्यमन्त्रीको निवास बनाएका थिए । मुख्यमन्त्रीबाट राजीनामा दिएपछि उनले सो घर निजी रुपमा भाडामा लिएपछि पूर्व मुख्यमन्त्री भीम आचार्य पनि राष्ट्र बैंकको गेष्ट हाउसमा बसेका थिए ।

आफू सरकारी भवनमा सरेका मुख्यमन्त्री राईले अन्य मन्त्रीको क्वार्टर पनि सरकारी भवनमा नै बनाउने प्रयास भइरहेको बताए ।

सिँचाइ आयोजनाको भवनमा यसअघि प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ बसेका थिए । उक्त भवनमा बनाइएको निवासमा केही समय प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ पनि बसेका थिए । निवास मन नपरेको भन्दै प्रदेश प्रमुख ‘प्यासी’ अन्यत्र सरेका थिए ।

मुख्यमन्त्री राईले सरकार विस्तारपछि प्रदेशसभाको बैठक बस्ने बताए । कांग्रेसको महाधिवेशनका कारण सरकार विस्तारमा ढिलाई भएको बताउँदै उनले सरकार विस्तारपछि प्रदेशसभा बैठक बोलाएर नामाङ्कनको विषयमा छलफल अघि बढाइने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४