Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘तलदेखि माथिसम्म कांग्रेसको सरकार बनाउने जिम्मेवारी मेरो भयो, मलाई साथ दिनुस्’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई साथ दिन आग्रह गर्नुभएको छ ।

शुक्रबार भृकुटीमण्डपमा भएको १४औं महाधिवेशन उद्घाटनमा बोल्दै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आफूलाई सभापतिमा विजयी गराए देशभर कांग्रेसको सरकार बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘नेपालमा कांग्रेसको सरकार बनाउँछु, बनाउँछु, बनाउँछु,’ देउवाले भन्नुभयो, ‘तपाईंहरु मलाई साथ दिनुस् ।’

सभापति देउवाले आफ्नो सरकार आएको दिनदेखि देश र जनताले ओली र डरत्रासको शासनबाट मुक्ति पाएको दाबी गर्नुभयो ।

‘म प्रधानमन्त्री बनेको भोलिपल्टै देशले मुक्ति पायो, ओलीको शासनले मुक्ति पायो,’ उहाँले भन्नुभयो, ‘अबको दिनमा त्यसलाई बचाउने कि नबचाउने महाधिवेशन प्रतिनिधिले तय गर्छन् ।’

महाधिवेशनले आफूलाई सभापति बनाए आगामी निर्वाचनबाट स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसको सरकार हुने देउवाले बताउनुभयो ।

‘मलाई जिताउनुस् आउँदो सरकार पनि कांग्रेसको हुन्छ, तलदेखि माथिसम्म’ उहाँले भन्नुभयो, ‘त्यो मेरो जिम्मेवारी भयो ।’

सभापति देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन समस्या आउन नहुनेतर्फ पनि पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४