Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रक्षामन्त्री रिजालबाट कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २४ २०७८
  • 5.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍‍. मीनेन्द्र रिजालले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । राजधानीमा आज बिहान पत्रकार सम्मेलन गरी रिजालले उम्मेदवारी घोषणा गर्नुभएको हो । रक्षामन्त्री समेत रहनु भएका रिजालले संस्थापन इतर समूहबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा उहाँले संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउने कोशिस जारी रहेको बताउनुभयो । उहाँले महाधिवेशनपछि देउवा निबर्तमान सभापति बन्ने पक्का रहेको जिकीर पनि गर्नुभयो ।

कांग्रेस महामन्त्रीमा गगन थापा र बालकृष्ण खाँडले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । खाँडले संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गर्नुभएको हो भने थापाले आफ्नो कुनै समूह नरहेको जिकीर गर्नुभएको छ ।

उता, पार्टीमा छुट्टै गूट चलाउँदै आउनु भएका कृष्ण सिटौला भने संस्थापन समूहको उपसभापति बस्न तयार हुनु भएको छ । आफ्नो समूहको वैठकमा सिटौलाले आफू शेरबहादुर देउवा पक्षबाट उपसभापति बन्ने जानकारी दिनुभएको बुझिएको छ ।

बैठकमा सिटौलाले युवा नेता प्रदीप पौडेललाई सहमहामन्त्रीको उम्मेदवार बनाउने पनि बताउनुभएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४