Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रको प्रदेश पदाधिकारीमा दुई पद थप


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २३ २०७८
  • 3.4K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश पदाधिकारीमा संशोधन गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारी संख्या दुई जना बढाएर नौ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

प्रदेशमा अब एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी रहने व्यवस्था हुनेछ । यसअघि प्रदेशमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव, दुई सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था थियो । पार्टीले एक उपाध्यक्ष र एक सहसचिव थप गरेको हो ।

यस्तै बैठकले प्रदेश अनुसार कार्यसमितिलाई पनि संशोधन गर्ने निर्णय गरेको छ । यसअघि हरेक प्रदेशमा १ सय ७५ जना सदस्य रहने गरेको भनिए पनि बिहीबारको बैठकले त्यसलाई संशोधन गर्दै प्रदेशअनुसार फरक संख्याको कार्यसमिति बनाउने भएको हो ।

प्रवक्ता महराका अनुसार प्रदेश १ मा २ सय ५९, प्रदेश २ मा २ सय ७१, बागमतीमा २ सय ७५, गण्डकीमा २ सय २९, लुम्बिनीमा २ सय ५३, कर्णालीमा २ सय ११ र सुदूरपश्चिम प्रदेशमा २ सय २३ जनाको कार्यसमिति रहेनछ ।

पार्टी प्रवेश गरेकाहरुको विषयमा अध्ययन गर्दै समायोजनका लागि देव गुरुङको संयोजकत्वमा गिरिराजमणि पोखरेल र श्रीदेव ढकाल सदस्ययी रहेको तीन सदस्यीय कार्यदल बनाइएको प्रवक्ता महराले बताउनुभयो ।

बैठकले महिला विभाग थप गर्दै त्यसको प्रमुखको जिम्मेवारी ऊर्जामन्त्री समेत रहनुभएका पम्फा भुसाललाई दिएको छ । विभागका बाँकी पदाधिकारी को टुंगो पछि लगाउने तय भएको प्रवक्ता महराको भनाइ छ ।
माओवादी केन्द्रको प्रदेश सम्मेलन मंसिर २५ गते हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४