Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोभिडको नयाँ भेरियन्टले अर्थतन्त्रमा जोखिम, अझै संकटतर्फ जानसक्ने विज्ञको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 9.1K
    SHARES

काठमाडौं । विश्वभर नै त्रास फैलाइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले विश्व अर्थतन्त्र समेत खुम्चनसक्ने आँकलन भइरहेका बेला यसको असर नेपाली अर्र्थतन्त्रमा पनि पर्नसक्ने जोखिम देखिएको छ ।

कोरोनाका कारण विश्वभर नै उत्पादन घट्दा मुल्यवृद्धि उकालो लागिरहेको छ भने सार्वजनिक ऋणको आकार नै बढिरहेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वभर नै वित्तिय संकट निम्तन सक्ने बताउँदै गम्भीर भई आक्रामक नीति नलिँदा अझै संकटमा जान सक्ने खतरा रहेको उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले भने युरोप बाहेकका क्षेत्रको आर्थिक वृद्धिद्धर सन् २०२२ मा ४.३ प्रतिशतसम्म खुम्चन सक्ने दावी गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंसिर २२ गतेसम्म ८७ लाख ८० हजारले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

खोप लगाएका कारण पर्यटनमा केही सुधार आउन थाले पनि नेपालमा ओमिक्रोन देखिएको हल्लासँगै पर्यटकले होटल बुकिङ रद्द गर्न थालिसकेका छन् । गत वर्षहरूमा जस्तै यस वर्ष पनि संक्रमितको आकार बढ्न थालेको अवस्थामा लकडाउन वा सटडाउनकै वैकल्पिक बाटो रोज्ने अर्थमन्त्रालयको योजना छ ।

चालु आर्थिक वर्ष सुरु भएयता रेमिट्यान्समा ७ प्रतिशतले कमी आएको छ भने विदेशी मुद्रा सञ्चिती पनि १० अर्ब ९८ करोड डलरमा सीमित भएको छ । कोरोना अवधिमा विकास निर्माणका काम समेत हुन नसकेका कारण स्वदेशी सञ्चिती कोषमा रकम थुप्रियो ।

विश्वभरका ५० बढी देशमा फैलिइसकेको ओमिक्रोनको खतरा नागरिक जीवन र अर्थतन्त्रका लागि घातक हो । यस्तो बेला सरकारले नागरिकको जीवन रक्षामा ध्यान दिन आवश्यक रहेको अर्थविद् केशव आचार्य बताउनुहुन्छ ।

नेपालले सीमा नाकामा कडाइ गर्न थालेको छ भने विभिन्न मुलुकबाट नेपाल प्रवेश गर्ने नागरिकलाई अन अराअराइभल भिसामा रोक लगाइएको छ ।

सरकारले कोरोना नियन्त्रण मात्रै प्रमुख एजेन्डाको रूपमा अघि लैजानु आवश्यक हुन्छ । तर, सो अनुसार आर्थिक क्रियाकलापमा जोड दिँदा विकास निर्माणका काममा ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४