Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हलमा फ्लप फिल्म युट्युबमा ‘अपार भीड’का साथ चलेको भन्दै दंग स्वस्तिमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २१ २०७८
  • 5.6K
    SHARES

काठमाडौं । नायिका स्वस्तिमा खड्का केही दिनयता निक्कै व्यस्त छिन् । उनी अभिनित चलचित्र ‘चपली हाइट ३’ पुस २ गते रिलिज हुँदैछ । स्वस्तिमा अहिले यसै चलचित्रको प्रचारप्रसारमा जुटिरहेकी छन् ।

यसैबीच उनी अभिनित केही चलचित्रहरु युट्युबमा रिलिज भएका छन् । आठ दिनअघि युट्युबमा रिलिज भएको चलचित्र ‘हजार जुनीसम्म’लाई ५० लाख पटक हेरिएको छ । चलचित्रले नेपालको युट्युब ट्रेन्डिङको नम्बर १ स्थानमा कब्जा जमाएको छ ।

स्वस्तिमाले अभिनय गरेको चलचित्र ‘घामड शेरे’ पनि सोमबार युट्युबमा सार्वजनिक भयो । यो चलचित्रले नयाँ रेकर्ड राख्दै १९ घन्टामा करिब १० लाख भ्युज मात्र बटुलेर युट्युबको दोस्रो स्थानमा आफूलाई उभ्याइसकेको छ ।

आफू अभिनित दुई चलचित्रले युट्युबको पहिलो र दोस्रो स्थान कब्जा गर्दा स्वस्तिमा दंग छिन् । स्वस्तिमाले यो खुशीलाई सामाजिक सञ्जालमा शेयर गरेकी छन्, ‘केही दिनदेखि मेरो चलचित्र ‘हजार जुनीसम्म’ अपार भीडका साथ युट्युबमा प्रदर्शन भइरहेको छ । यो खुशीले मन रमाइरहेकै थियो । फेरि, ‘घामड शेरे’ पनि युट्युबमा प्रदर्शन शुरु भएको छ । हेरेर प्रतिक्रिया दिनुहोला है । तपाईंहरुको सुझाव हामी कलाकारका लागि अमूल्य सम्पत्ति हुन् ।’

युट्युबमा यी दुवै चलचित्रले दर्शकको राम्रो साथ पाउँदा हलमा भने दर्शक बटुल्न सकेका थिएनन् । दुवै चलचित्रबाट निर्माता नराम्रोसँग डुबेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४