Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट बलायर उम्मेदवार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १७ २०७८
  • 1.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् । संस्थापन समूहका नेताहरुको छलफलपछि पूर्वमन्त्रीसमेत रहेका बलायर प्रदेश सभापतिको उम्मेदवारमा चयन भएका हुन् ।

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरुबीच शुक्रबार बिहानदेखि नै छलफल भइरहेको थियो । तर सुदूरपश्चिममा कमजोर रहेको संस्थापन इतर समूहले मागेको पद दिन संस्थापन समूह तयार नभएपछि दुई पक्ष प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिने भएका हुन् । दुबै पक्ष बलायरलाई सर्वसम्मत सभापति बनाउन तयार भएपनि पदाधिकारीमा कुरा नमिलेको बताइएको छ ।

संस्थापन समूहमा प्रदेश सभापतिका लागि आधा दर्जन आकांक्षी रहेकामा नेताहरुले केन्द्रीय सदस्य बलायरलाई अगाडि सारेका हुन् । सभापतिका उम्मेदवार बलायरले अनलाइनखबरसँग भने, ‘नेताहरु सबैको जोड तपाई नै सभापति लड्नुपर्छ भन्ने रह्यो । मैले पनि यसलाई स्वीकार गरेको छु । अब सुदूरपश्चिममा कांग्रेसको संगठनलाई शसक्त बनाउन सक्रिय हुन्छु ।’ संस्थापन इतर समूहबाट प्रदेश सभापतिमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।

शुक्रबार दिउँसो दुई देखि चार बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । प्रदेश अधिवेशन बहीबार प्रदेश अधिवेशन उद्घाटन गरिएको हो । निर्वाचन कार्यतालिका अनुसार शनिबार मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४